नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति नेकपा एमालेको उम्मेदवार नै हुने दाबी गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै भनिसकेको उल्लेख गरे। उनले पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताए।
उनले भने, ‘राष्ट्रपति एमालेको हुन्छ भन्नेकुरा त हामीले पुस १० गतै नै भनेका हौँ। अरु घटनाक्रम हामीलाई थाहा छैन।’
प्रकाशित: १२ फाल्गुन २०७९ ०९:४९ शुक्रबार