राजनीति

राष्ट्रिय जनमोर्चाले महाअभियोगको पक्षमा मतदान गर्ने

काठमाडौं— राष्ट्रिय जनमोर्चाले निल्मबित अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा हुने मतदानमा महाअभियोगको पक्षमा मतदान गर्ने भएको छ। राष्ट्रिय जनमोर्चाको मातृ संगठन नेकपा (मसाल) लले यस्तो निर्णय गरेको हो।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्ति प्रकाशित गरी आफूले कार्कीको नियुक्तिमै असहमति जनाएकाले महाअभियोग लगाउने पक्षमा मतदान गर्ने उल्लेख गरेका हुन्।

जनमोर्चाका संसदमा तीन जना सांसद छन्।

प्रकाशित: ४ कार्तिक २०७३ ०८:५७ बिहीबार

राष्ट्रिय जनमोर्चाले महाअभियोगको पक्षमा मतदान गर्ने