राजनीति

तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गराउन माग

काठमाडौं–संघीय समाजवादी फोरम नेपालका सांसद एवं युवा नेता बीरेन्द्र महताले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनुपर्ने बताएका छन्। वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउन ढिला गरेको भन्दै महतोले तिहार अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गराउनु पर्ने बताएका हुन्।

सोमबार संचारकर्मीहरुसँग कुरा गर्दै नेता महतोले वर्तमान सरकारलाई समर्थन गर्नुको मुख्य उद्देश्य मधेस समस्या समाधान गर्नु रहेको उल्लेख गर्दै महतोले तिहार अगाडि नै सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराउने विश्वास व्यक्त गरे।

 ‘प्रधानमन्त्रीले सबै दलका शीर्ष नेतासँग छलफल गरेर सहमतिमै संविधान संशोधन प्रस्ताव गर्दा गराउनुपर्छ,’ उनले भने,‘संविधान कार्यान्वयन गर्न निर्वाचन आवश्यक छ, निर्वाचन गर्न संविधान संशोधन पूर्वर्सत हो।’ समस्या समाधान गर्न सबै पक्ष लचिलो हुनुपर्ने बताए।

उनले संविधान कार्यान्वयन गर्र्न समय निकै छोटो रहेको उल्लेख गर्दै संविधान कार्यान्वयन नहुने अवस्था आए मुलुकमा भयावह अवस्था सृजना हुने चेतावनी दिए। मधेसको समस्यालाई सिंगो मुलुकका रुपमा लिन आग्रह गर्दै महतोले मधेसलाई उपेक्षा गरे आगामी निर्वाचनमा त्यसको क्षति व्यहोर्नुपर्ने बताए। पहिला सररकारले संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने भन्दै उनले सरकारले प्रस्ताव ल्याइसकेपछि सबै दलसँग परामर्श गरी सहमति मै संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो।

 

प्रकाशित: १ कार्तिक २०७३ ०६:५० सोमबार

तिहार अगाडि नै संशोधन प्रस्ताव दर्ता गराउन माग