राजनीति

ओली भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका छन्।

ओलीलाई भेट्न शुक्रबार दिउँसो दाहाल ओली निवास बालकोट पुगेका हुन्। राष्ट्रपतिको निर्वाचन नजिकिएसंगै दाहाल र ओलीबीचको भेट्घाट बाक्लिएको छ।

राष्ट्रपतिको उम्मेदवारलाई लिएर बिहीबार पनि दाहाल  र ओलीबीच बालुवाटारमा छलफल भएको थियो। तर, दुई नेताहरु सहमतिमा पुग्न सकेका थिएनन्। आज पनि सोही बिषयमा नै छलफल हुने बताइएको छ।  

प्रकाशित: ५ फाल्गुन २०७९ ०९:५३ शुक्रबार

केपी शर्मा ओली पुष्पकमल दाहाल