राजनीति

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले भारत प्रशासित कास्मिरको युरीमा आइतबार भएको आतङ्कवादी आक्रमणको निन्दा गरेका छन्। 
उक्त आक्रमणमा परी १७ भारतीय सैनिकको मृत्यु भएको थियो । प्रधानमन्त्री दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज सन्देश पठाउँदै आक्रमणका दोषीलाई चाँडोभन्दा चाँडो कानुनको कठघरामा उभ्याउनुपर्ने बताए।
आतङ्कवादका सबै रुप र प्रकटीकरणको नेपाल दृढ अडानका साथ निन्दा गर्छ भन्दै सन्देशमा प्रधानमन्त्री दाहालले त्यसको सबैले डटेर मुकाविला गर्नुपर्ने बताए। प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीमार्फत दिवङ्गत सेनाका परिवारजनमा समवेदना एवम् सहानुभूति प्रकट गरे। रासस

 

प्रकाशित: ३ आश्विन २०७३ १४:३५ सोमबार

प्रधानमन्त्रीद्वारा कास्मिरमा भएको आतङ्कवादी आक्रमणको निन्दा