राजनीति

उच्चस्तरीय संयन्त्रको बैठक स्थगित

फाइल तस्बिर

आज दिउँसो ३ बजेका लागि बोलाइएको उच्चस्तरीय संयन्त्रको बैठक स्थगित भएकाे छ। बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो।

तर नेकपा एमाले सचिवाल बैठकका कारण उच्चस्तरीय संयन्त्रको बैठक रोकिएको बताइएको छ।

उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको समयमा भने प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्षबीच सिं‌हदरबारमा भेटवार्ता भएको थियो।

भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ।  

प्रकाशित: २६ माघ २०७९ १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App