राजनीति

पूर्वराष्ट्रपति अमेरिका प्रस्थान

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्योपचारका लागि शनिबार अमेरिका प्रस्थान गरेका छन्। प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएपछि यादव थप उपचारका लागि त्यसतर्फ लागेका हुन्। चिकित्सकले ट्युमर जतिसक्दो चाँडो सुरक्षित रूपमा हटाउनुपर्ने बताएकाले नेपाल मेडिकल काउन्सिलको सुझावमा उपचारका लागि अमेरिका जान लागेको उनले जनाएका छन्। सबै नेपालीको कामनाले चाँडो स्वस्थ भई स्वेदश फर्किएर देशको सेवामा लाग्ने विश्वास दिलाउँदै यादवले उपचारका लागि आर्थिक एवं प्रशासनिक सहयोग मिलाइदिएकोमा सरकारलाई धन्यवाद दिएका छन्।

उनको अमेरिकास्थित मिचिगन राज्यको डेट्रोइट सहरस्थित हेनरी फोर्ड अस्पतालमा असोज १० गते ट्युमरको शल्यक्रिया हुनेछ। त्यसका लागि सरकारले आर्थिक सहयोगको व्यवस्था मिलाइदिएको छ।

प्रकाशित: २ आश्विन २०७३ ०१:४७ आइतबार

पूर्वराष्ट्रपति अमेरिका प्रस्थान