राजनीति

भारत भ्रमणमा नेपालको हित विपरित सम्झौता नगर्न आग्रह

काठमाडौं- संयुक्त विद्यार्थी संगठनको वैठकले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणको क्रममा नेपालको हित विपरित कुनै पनि सन्धि संझौता वा निर्णयहरु नगर्न आग्रह गरेको छ। अनेरास्वियु अध्यक्ष नविना लामको अध्यक्षतामा बसेको बैठकले भ्रमणलाई फलदायी र उपलब्धिमुलक बनाउन अनुरोध समेत गरेको छ।

विद्यार्थी संगठनहरुले पर्वको समयमा दैनिक आपुर्तिलाई सहज बनाउन र कालोबजारी रोक्न माग गरेका छन्।

निर्धारित मितिमा स्ववियु निर्वाचन गराउन विद्यार्थी संगठनहरुबीच समान धारणा बनाई निर्वाचन सुनिश्चित गर्न विश्वविद्यालय र नेपाल सरकार समक्ष ध्यानाकर्षण समेत गराएका छन्।  

सर्टिफिकेटको आधारमा ऋण प्राप्त गर्ने यस अघिको सरकारको निर्णयलाई कार्यान्वयन गराउन समेत माग गरेका छन्।

मेडिकल शिक्षा सर्वसुलभ र गुणस्तरिय बनाउन साथै संविधान प्रदत्त समावेशी अवधारणा र सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै यसमा देखिएको अन्यौलताको अन्त्य गरि कार्यान्वयन गर्न विद्यार्थी संगठनले नेपाल सरकार सँग अनुरोध गरेका छन्।

नेपाली भाषामा भित्रीएको नयाँ बर्णविन्यासको विवादले आम जनमानस र विद्यार्थीहरुमा ठूलो अन्यौलता सिर्जना भएको उनीहरुको ठम्याइ छ।

सबै विद्यार्थी संगठनहरुमा क्रियाशील छात्रा नेतृत्वको विचमा समन्वय र सहकार्य गर्ने उद्देश्यका साथ “अन्तर विद्यार्थी संगठन छात्रा सञ्जाल” गठन गर्ने निर्णय समेत गरिएको छ।

यस्तै सामाजिक सञ्जालहरुमा देखा परेको अवाञ्छित गतिविधिहरु (गाली गलौज, अपशब्द र सांप्रदायिकता भडकाउने शब्दहरु) नियन्त्रणका लागि विद्युतिय अपराध सम्बधि कानून क्रियाशील  बनाउन बैठकले माग गरेको छ। बैठकले अनेरास्वयिु अध्यक्ष  नविना लामा प्रति लक्षित गरेर भईरहेका नकारात्मक गतिविधिहरु प्रति खेद व्यक्त गरेको छ।

 

प्रकाशित: २७ भाद्र २०७३ ११:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App