राजनीति

कांग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांगेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङग्य गरेका छन्।

उनले आइतबार संसदको विशेष समयमा बोल्दै भने, ‘नेपाली कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ। त्यसैले कांग्रेस पानी बाहिरको माछा जस्तै छलपटाइरहेको छ।’

अध्यक्ष ओलीले काँगैसलाई ‘लोकतन्त्र भनेको कांग्रेस हो, कांग्रेस भनेको लोकतन्त्र हो’ भन्ने भ्रान्त मान्यता रहेको उल्लेख गरे। ‘कांग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र हुन्छ भने भ्रान्त मान्यता छ’, उनले भने।

प्रकाशित: २२ माघ २०७९ ०८:३९ आइतबार

केपी शर्मा ओली