राजनीति

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक शुरु भएको छ।शनिबार दिउँसो बैठक पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा शुरु भएको हो। 

बैठकमा राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

साथै केन्द्रिय विभाग बाँडफाँटको टुंगो लगाउने पनि बैठकको एजेण्डा रहेको छ।

प्रकाशित: २१ माघ २०७९ ०८:१२ शनिबार

नेकपा (माओवादी केन्द्र)