राजनीति

डीपी ढकाल मुख्यमन्त्री जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकार

डीपी ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त भएका छन्।

आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य र पार्टीको अर्थ तथा योजना विभाग सदस्य समेत रहेका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

ढकालले अर्थमन्त्री जनार्दन शर्माको प्रमुख स्वकीय सचिव भएर पनि काम गरेका थिए।

प्रकाशित: १७ माघ २०७९ ०५:२६ मंगलबार

बागमती प्रदेश डीपी ढकाल