राजनीति

कैलाली क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सांसद फरार सुचीमा

उनी नागरिक उन्मुक्ती पार्टीका सांसद हुन

कैलाली क्षेत्र नम्वर २ वाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अरुण कुमार चौधरी अदालतको फरार सुचीमा रहेको खुलासा भएको छ। 

नागरिक उन्मुक्ती पार्टीबाट सासंदमा निर्वाचित चौधरी ट्याक्टरमा आगजनी गरेको कसुरमा जिल्ला अदालत कैलालीबाट सुनाइएको ६ महिना कैद सजाय भुक्तान नगरि फरार सुचीमा रहेका छन। वि.सं.२०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सासंद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिरबहादुर चौधरी गरि तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो। 

८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई  क्षतीपुर्ती उपलब्ध गराउने समेत फैसला गरिएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतीपुर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन। अरुण चौधरी वि.सं. २०७४ सालमा आगजनी भएको ट्याक्टरका संचालक महादेव बजगाईसँगै लम्कीचुहा नगरपालिको मेयर पदमा निर्वाचन लडेका थिए। मेयरमा उनी पराजित भएका थिए।  

२०७९ मंसिर ४ गते नागरिक उन्मुक्ती पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लडेर उनी सासंद बन्न सफल भएका हुन। बुधवार बिरबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेपछि सासंद चौधरी समेत फरार सुचिमा रहेको कुरा सार्वजनिक भएको छ। पिडित महादेव बजगाईलाई समेत चौधरी फरार सुचीमा रहेको जानकारी थिएन्। ‘अदालतको फरार सुचीमा रहेको मलाई पनि थाहा थिएन। अहिले कुरा सार्वजनिक भएपछि मात्र थाहा पाएको हुँ’ उनले भने ‘अदालत तथा कुनै निकायबाट मलाई कुनै पत्र पनि आएको थिएन।’  

पहिले कुनै मतलव नगरेको र अहिले पदमा पुगेपछि मात्र खोजनिती शुरु भएको देख्दा अच्चम लागेको उनको भनाई छ। आफू सँगै मेयरमा चुनाव लड्ने देखि प्रतिनिधि सभा सदस्यमा चुनाव लडेर जित्ने वेला सम्म प्रहरी र कसैले कुनै वास्ता नगरेको चाैधरीको भनाई छ। आफूले हालेको मुद्धाको वारेमा खोजनिती बजगाईले समेत नगरेकाले आफ्नै निवेदन उजुरीका फरार प्रतिवादीसँग मेयर पदमा उनले प्रतिस्पर्धा गर्नुपरको थियो।ढुंगा, गिठ्ठी र वालुवाको अवैध रुपमा उठाउने गरेको रोयल्टी नदिदा उनीहरुले आफ्नो ट्याक्टर जलाएको उनले बताए।

कैलाली जिल्ला अदालतमा २०६६ भदौ ३ गते आफ्नो लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा बजगाईले प्रतिनिधि सभा सदस्य रहेको अरुण चौधरीसहित पशुराम चौधरी र बिर बहादुर चौधरीलाई विपक्षी बनाई मुद्दा दायर गरेका थिए।

उक्त मुद्धामा जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको एकल इजलासले वि.सं. २०७० बैशाख ९ गते तीन जनालाई जनही छ महिना कैद र बिगो रकम असुल्न गर्न आदेश दिएको थियो। अदालतले फैसला गरेर प्रहरीलाई त्यतीवेला नै पत्र पठाएपनि यस अघि प्रहरीले चासो नदिएकाले उनीहरु पक्राउ परेका थिएनन्। बिरबहादुरलाई बुधवार पक्राउ गरिएको कैलालीका प्रहरी उपरिक्षक देवेन्द्र बहादुर पालले बताएका छन। बिरबहादुर चौधरीले शुक्रवार मुलुकी फौजदारी सम्झौता २०७४ को दफा १५५ बमोजिम नगद रुपैयाँ दाखिला गरी कैद मुक्त गरिपाऊ भन्दै जिल्ला अदालतमा निवेदन दिएका थिए। जिल्ला अदालतका न्यायधिस डल्लुराम चौधरीको ईजलाशले उक्त निवेदन अस्विकार गर्दै ६ महिना कैद भुक्तान गर्न आदेश दिएको थियो।

सासंद चौधरी सहित फरार प्रतिवादीहरुलाई प्रहरीले खोजी गरिरहेको प्रहरी उपरिक्षक पालले बताए। फरार सुचीमा रहेको कुरा सार्वजनिक भएसँगै सासंद चौधरी जिल्ला अदालतको ६ महिना कैद सजायको फैसला बिरुद्ध उच्च अदालत जाने तयारीमा रहेको विश्वस्त श्रोतले बताएको छ। अदालतको फैसलाको सुचना आफूले प्राप्त नगरेको र अहिले जानकारी पाएको कारण अन्याय भएको भन्दै उच्च अदालत जाने ढोका खुला रहेको सासंद चौधरी उनी निकटस्थ कानुन व्यवसायीले सल्लाह दिएको श्रोतको भनाई छ।

प्रकाशित: १६ माघ २०७९ ०७:५४ सोमबार