राजनीति

निर्वाचनको तयारीबारे जानकारी दिन सर्वोच्चको आदेश

काठमाडौँ– सर्वोच्च अदालतले परिवर्तित अवस्थामा स्थानीय निकायको निर्वाचनको तयारीबारे जानकारी दिन सरकार र निर्वाचन आयोगका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश देवेन्द्र गोपाल श्रेष्ठ र हरिकृष्ण कार्कीको संयुक्त इजलासले आज परिवर्तित अवस्थामा स्थानीय निर्वाचनको तयारीबारे जानकारी दिन आदेश दिएको हाे।

अधिवक्ता चन्द्रकान्त ज्ञवालीलगायतले गत वैशाख २१ गते स्थानीय निकायको निर्वाचनको मिति जतिसक्दो छिटो तोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो। रासस

प्रकाशित: १५ भाद्र २०७३ १३:५२ बुधबार

निर्वाचनको तयारीबारे जानकारी सर्वोच्चको आदेश