राजनीति

सोनाम ल्होछार जस्ता पर्वहरुबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छ: राष्ट्रपति भण्डारी

फाइल तस्बिर।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन्।

सोनाम ल्होछारको अवसरमा एक शुभकामना सन्देश उनले यस्ता पर्वहरुबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्‍वास लिएकी छन्।

उनले भनेकी छन्, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होछार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ भन्ने विश्‍वास लिएको छु।’

साथै उनले यो पर्वबाट सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई उर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

प्रकाशित: ८ माघ २०७९ ०४:१२ आइतबार

विद्यादेवी भण्डारी