राजनीति

सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेलः प्रकाशरण महत

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले संविधानमाथि खतराको घण्टी फेरिप्रकट भएको बताएका छन्।  शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो बताएका हुन्। 

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटनको कुरालाई प्रमुख रुपमा संसदमा उठाइरहेको भन्दै पुनः संविधानमाथि खतरा पैदा हुन शुरु भएको बताए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधानको रक्षा गर्ने मुद्दाका लागि समर्थन गरेको पनि बताए।  

उनले भने, ‘राजनीतिमा हारजित भइराख्छ, तर हामीले एउटा मुद्दामा हामी खडा भएको हो। हामीले प्रधानमन्त्रीलाई पनि जुन मत दिएका थियौँ। त्यो मुद्दाकै आधारमा संविधान रक्षाको विषयलाई उठाएकाले हामीले दिएका हौँ।  गठबन्धनलाई फ्याक्शन गराउने भन्दा पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो। हिजो प्रचण्डजी संविधानकै पक्षमा उभिन्छु संविधानको रक्षाका लागि गठबन्धन बन्यो। अहिलेको परिवेशमा संविधानमाथि खतराको घण्टी फेरिप्रकट भएको छ। ओलीजले संसद विघटनको विषयलाई प्रमुख पक्ष बनाउनुभएको छ। अब प्रधानमन्त्री पनि संविधानको पक्षमा उभिने की नउभिने भन्ने हो। स्वार्थमा मुन्टो लुकाएर बस्ने भयो भने त परिणाम अर्को हुन्छ, त्यसैले राष्ट्रपति÷उपराष्ट्रपतिको परीक्षणमा उत्तिर्ण हुने की नहुने उहाँहरुकै हातमा छ।’

नेपाली काँग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले सभामुख र उपसभामुखको चयनमा प्रधानमन्त्री फेल भएको बताए।

प्रकाशित: ७ माघ २०७९ १२:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App