राजनीति

विगतमा कतैबाट प्रोभोक भएर कसैका निम्ति काम गर्ने र कसैको विपक्षमा काम गर्ने प्रवृति देखा पर्‍यो: एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगत सरकारको पालामा कतैबाट प्रोभोक भएर कसैका निम्ति काम गर्ने र कसैको विपक्षमा काम गर्ने खालका गैर जिम्मेवार प्रवृतिहरु देखा परेको बताएका छन्।

उनले शुक्रबार एमाले परराष्ट्र विभागको अभिमुखिकरण कार्यक्रमा उक्त कुरा बताएका हुन्।

‘देशभित्र तनाव बढाउने र बाहिरी शक्तिसँग साँठगाँठ गर्ने र उनको दलाली गरेर राष्ट्रिय हितलाई कमजोर बनाउने खालका क्रियाकलापहरु भए। यो दुःखद कुरा हो’, अध्यक्ष ओलीले भने।

उनले सिँगै राष्ट्र एक जुट भएर देशको हितको निम्ति अन्तराष्ट्रिय सम्बन्ध संचालन गर्नुपर्ने ठाँउमा छिमेकसँगको सम्बन्ध तरंगित, असन्तुलित र बेढंगी तालले चलाउने काम भएको बताए।

प्रकाशित: ६ माघ २०७९ ०८:३३ शुक्रबार

केपी शर्मा ओली