राजनीति

सभामुख घिमिरेको शपथ आज

सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन्।

प्रतिनिधिसभाका नवनिर्वाचित घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण गर्दैछन्।

सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ। बिहिबार भएको सभामुख निर्वाचनमा सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे १६७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

प्रकाशित: ६ माघ २०७९ ०४:४२ शुक्रबार

देवराज घिमिरे सभामुख