राजनीति

माओवादीका तर्फबाट चार राज्यमन्त्री

काठमाडौँ,-नेकपा (माओवादी केन्द्र)ले चार सांसदलाई राज्यमन्त्री बनाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले धनमाया विक शिक्षा, श्रीप्रसाद जगेबुलाई सङ्घीय मामिला तथा स्थानीय विकास, सत्यनारायण भगतलाई ऊर्जा र राधिका तामाङलाई कृषि विकास राज्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन्।

प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्रीको शपथ ग्रहण गराइने तयारी गरिएको छ । माओवादी केन्द्रले यसअघि पाँच मन्त्रीको नाम तय गरेको थियो ।  रासस

प्रकाशित: ३० श्रावण २०७३ ०९:५५ आइतबार

माओवादीका तर्फबाट राज्यमन्त्री