राजनीति

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो: कमल थापा

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुने भनिएको पार्टी एकीकरण तत्काललाई टरेको बताएका छन्।

मंगलबार पत्रकार सम्मेलन गर्दै थापाले पशुपती शमशेर राणालाई बुझ्न नसकिएको बताए। 'एकीकरणको अन्तिम क्षण उहाँहरु सरकारमा जानु भयो', थापाले भने 'राणा जीलाई चिन्न सकिएन्छ।'

राप्रपा र राप्रपा नेपालबीच आज १२ बजे पार्टी एकीकरण हुने भनिएको थियो। तर हिजो संसदीय दलका नेता दीपक बोहोरा र उपनेता विक्रम पाण्डेलाई राप्रपाले सरकारमा पठाएपछि एकताको 'च्याप्टर क्लोज' भएको हो।  

दुई पार्टीबीच एकता हुन नदिने देशि विदेशीहरुको चलखेल रहेको थापाको भनाई थियो। थापा पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राणा विरुद्ध आक्रोसित देखिएका थिए। राणाले एकताको पहल पनि नगरेको थापाले आरोप लगाए। 'राणाले एकीकरणको प्रयास पनि गरेका होइन्न्', उनले भने, 'लोकेन्द्र बहादुर चन्दले अध्यक्ष हुँदाको अन्तिम बैठकले एकताको प्रयास थालेको थियो।'

देशमा विखण्डनकारी र वैदेशीक शक्तिको हस्तक्षेप बढिरहेको अवस्थामा देशभक्तहरुको एकता आवश्यक भएर एकताको लागि अघि बढेको उनले बताए। तर त्यो राप्रपाका कारण सम्भवन नभएको उनको भनाई थियो।  

प्रकाशित: २५ श्रावण २०७३ ०९:१४ मंगलबार

विदेशी चलखेलका कारण राप्रपासँगको एकता टर्‍यो कमल थापा