राजनीति

सुदूरपश्चिम प्रदेश: मुख्यमन्त्री रावलले पद तथा गोपनियताको सपथ खाए

दुई मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिङ रावलले पद तथा गोपनियताको सपथ खाएका छन्। प्रदेश प्रमुख देवराज जोशीले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री रावललाई बिहिबार साँझ पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

सपथ खाएपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले पदभार सम्हालेका थिए। पदभार सम्हालेपछि जनताको सेवक भएर सुदूरपश्चिमको विकास र समृद्धीका लागि काम गर्ने मुख्यमन्त्री रावलले बताए। प्रदेश सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय निकाय मातहत कार्यालयको कार्यसम्पादन प्रणाली सरलीकरण र सुदृढीकरण गर्न नतिजा मुलक कार्ययोजना तयारी गरि ७ दिनभित्र पेश गर्न  मुख्य सचिवको संयोजकत्वमा सबै मन्त्रालयका सचिव सदस्य रहेको शासकिय सुधार तथा तर्जुमा कार्यदल गठन गर्ने नितीगत निर्णय गरिएको उनले बताए।

प्रदेश शुसासन प्रवद्र्धन गर्न प्रादेशिक शदाचार निती तथा मापदण्ड तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरि ३० दिनभित्र प्रतिबेदन बुझाउन निर्देशन दिने निर्णय गरिएको उनले बताए।

प्रदेश बाट प्रभाव भैरहेका सेवाहरुलाई जनमुखी झन्झट रहित र गुणस्तरिय तुल्याउनका लागी तत्काल गर्नुपर्ने सुधारका उपाय पहिचान गरि कार्यान्वयन गर्न सवै मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय गरिने उनको भनाइ छ।

प्रदेश सरकारका तर्फबाट आम नागरिकलाई प्रदान गर्न सकिने बिद्युत महसुल लगायत सेवा प्रदान गर्न अध्ययन गरि मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न भौतिक पुर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय गरिएको उनले बताए।

दुई मन्त्री नियुक्त

यसैगरि बिहिबार मुख्यमन्त्री रावलले नियुक्त गरेका दुई मन्त्रीलाई पनि प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका छन्।

मन्त्रीमा नियुक्त नेकपा माओवादी केन्द्रको संसदिय दलको नेता खगराज भट्ट र नेकपा एमाले संसदीय दलको उपनेता सन्तोषकुमारी शर्मा(थापा)लाई प्रदेश प्रमुखले पद तथा गोपनियताको सपथ खुवाएका हुन्। उनीहरुलाई कुन मन्त्रालयको जिम्मा दिने भनेर टुंगो भने बाँकी छ।

माओवादी केन्द्रको स्थाई कमिटी सदस्य तथा प्रदेश ईन्चार्ज रहेका भट्ट डडेल्धुरा बाट प्रदेश शभा सदस्यमा निर्वाचित भएका हुन भने नेकपा एमालेका केन्द्रिय सदस्य थापा समानुपातिक निर्वाचन बाट प्रदेश शभा सदस्यमा निर्वाचित भएका हुन्।

बुधबार रावललाई प्रदेश प्रमुख जोशीले सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। रावल समानुपातिक निर्वाचनबाट प्रदेश शभा सदस्यमा निर्वाचित भएका हुन्। मुख्यमन्त्री रावललाई नेकपा एमाले १०, नेकपा माओवादी केन्द्र ११, नागरिक उन्मुक्ती ७ र राप्रपा १ गरि २९ प्रदेश शभा सदस्यको समर्थन रहेको छ।

५३ सदस्य रहेको प्रदेश शभामा सरकार बनाउन २७ प्रदेश शभा सदस्य आबश्यक पर्छ। सुदूरपश्चिम प्रदेश शभामा नेपाली काग्रेसकम १९, नेकपा एसका ४ र एक स्वतन्त्र सासंद छन्।

प्रकाशित: २८ पुस २०७९ १३:४३ बिहीबार

राजेन्द्र सिङ रावल