राजनीति

मुख्यमन्त्रीका लागि एमालेका रावलको दावि

सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह ईन्चार्ज राजेन्द्र सिङ रावलले प्रदेश प्रमुख देबराज जोशी समक्ष दावी पेश गरेका छन्। 

नेकपा एमालेको १०, नेकपा माओवादी केन्द्रको ११, नागरिक उन्मुक्ती पार्टीको ७, राप्रपाका १ गरेर २९ प्रदेश शभा सदस्यको समर्थनमा उनले दावी गरेका थिए। मुख्यमन्त्री दाबी पेश गर्दा समर्थन गर्ने सासंद , नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट सहित नेताहरुको पनि प्रदेश प्रमुख कार्यालयमा उपस्थिती रहेको थियो।

५३ सदस्य रहेको प्रदेश शभामा सरकार बनाउन २७ प्रदेश शभा सदस्य आबश्यक पर्छ।

प्रकाशित: २७ पुस २०७९ ११:२५ बुधबार

सुदूरपश्चिम प्रदेश सरकार