राजनीति

सरकार असफल बनाउने प्रयास गरियो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिहरू सरकारलाई असफल बनाउने प्रयास गरेको टिप्पणी गरेका छन्।

नेपाल मार्बल व्यापार सङ्घ नेपालको १० औँ अविधेशनमा उनले अहिले भर्खरै गठन भएको सरकारलाई असफल बनाएर अस्थिरता निम्त्याउन खोजेको आशङ्का गरे।

अध्यक्ष ओलीले भने, 'अस्थिरता फेरि फर्काउन खोज्ने, स्थिरता हुनै नदिने, राजनीतिक अस्थिरताकाबीच भएको स्वाभिमानी सरकार निर्माण सानो देखिए पनि ठूलो खुसीको कुरा हो।' उनले नेपालको विकासमा चासो नहुने बाह्य शक्तिलाई राजनीतिमा चाहिँ किन चासो भएको भन्दै आश्चर्य व्यक्त गरे।

उनले मार्बल व्यापारलगायत सबै व्यवसायीका समस्या समाधान गर्न सरकारले न्यूनतम साझा कार्यक्रममार्फत नै कदम अघि बढाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले व्यवसायीका समस्या समाधानमा आफूले विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि कानुन निर्माण गरी समस्या समाधान गर्न पहल गर्ने विश्वास दिलाए।

प्रकाशित: २३ पुस २०७९ १६:१२ शनिबार

केपी शर्मा ओली