राजनीति

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप

काठमाडौं— नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। 

आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठक सरकारविरुद्ध संसद्मा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि केन्द्रित भएको बताए। 

बैठकले संसदमा रहेका सबै दल र स्वतन्त्र सांसदलाई समेत प्रस्तावको पक्षमा मतदान गर्न आग्रह गरेको छ। राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको ठहर गर्दै त्यस्तो सरकार गठन गर्न निरन्तर पहल गर्ने र अन्य दलसँगको छलफललाई तिव्रता दिने बैठकले निर्णय गरेको छ । रासस

प्रकाशित: ५ श्रावण २०७३ १४:४३ बुधबार

अविश्वास प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्रको ह्विप