राजनीति

प्रधानमन्त्री दाहालले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस १० गते नियुक्ती भएका दाहालले पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । 

संविधानको धारा ७६ को उपधारा २ बमोजिम  एमाले ,रास्वपार्टी, राप्रपा, जसपा जनमत पार्टी  नागरिक उन्मुक्ती पार्टी र ३ स्वतन्त्र सांसद सहित कुल १६९ जना साँसदको सर्मथन पाएर प्रधानमन्त्री बनेका दाहालले २६ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न संसद सचिवालयमा पत्र दर्ता गराएका छन ।नयाँ प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बस्न लागेको छ। संसद सुरू भएको अर्को दिन नै प्रचण्डले विश्वासको मत लिन लागेका हुन्। 

प्रकाशित: १८ पुस २०७९ ०८:४२ सोमबार