राजनीति

भारतको इसारामा ढल्दै र बन्दैछ सरकारः बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतको चाहनाअनुसार हाल नेपालमा सरकार परिवर्तन हुन लागेको बताएका छन्। नेपाली काँग्रेसका सभापति देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारतको निर्देशनमा सरकार परिवर्तन गरेको उनले आरोप लगाए ।

भक्तपुरको रफत सञ्चार क्लबमा बुधबार बोल्दै उनले मुलुकको आवश्यकताभन्दा पनि भारतको चाहना सरकार परिवर्तनको मुख्य कारण भएको उनको दावी छ।

उनले चीनका राष्ट्रपतिको नेपाल भ्रमण तय भए नेपाल र नेपालीको हितमा हुन सक्ने ठानेर भारतले देउवा र प्रचण्डलाई गोटी बनाएको आरोप लगाए। भ्रमणले सम्झौतालाई ओझेलमा पार्ने खेलकै कारण सरकार परिवर्तन भएको बताए। नयाँ सरकारले चीनसँग गरिएका सम्झौताको कार्यान्वयनतर्फ अग्रसर बन्न नसके यसले नेपालीलाई ठूलो घाटा हुने उनको भनाइ थियो।

सभामुख ओनसरी घर्ती निवासमा काँग्रेस र माओवादी केन्द्रका नेताको बैठकपछि सरकार परिवर्तनको डिजाइन गरिएको उनको भनाइ छ।  

मधेशवादी दलहरु चेस खेलमा सिपाही भएको उनको भनाइ थियो। अहिले राष्ट्रपतिको भूमिका अहम् रहने र आफ्ना कानुनी सल्लाकारहरुको भूमिकालाई बढाउँदै काम गर्नुपर्नेमा उनको जोड छ।

 

प्रकाशित: २९ असार २०७३ ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App