राजनीति

बागमती प्रदेश सांसदले लिए सपथ

सपथ ग्रहण कार्यक्रममा सहभागी प्रदेशसभा सदस्यहरु।

बागमती प्रदेशका प्रदेशसभा सांसदहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

बिहीबार प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले प्रदेशसभा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन्।

बागमतीको प्रदेशसभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक सांसद गरी ११० जना छन्। सपथ ग्रहणमा प्रदेशसभाका ११० जना सदस्य नै उपस्थित रहेका थिए। उनीहरुमध्ये १३ जनाले मातृभाषा र ९७ जनाले राष्ट्रिय भाषामा सपथ लिएका हुन्। प्रदेशसभाका ज्येष्ठ सदस्य ढुंगानाले बुधबार सपथ ग्रहण गरेका थिए। यो पटक प्रदेशसभामा ७ वटा दलको उपस्थिती रहेको छ। ३७ सांसद्सहिहत कांग्रेस प्रदेशसभाको पहिलो दलको रुपमा रहँदा नेकपा एमाले २७ सहित दोस्रो, नेकपाा माओवादी केन्द्र २१ सांसद्सहित तेस्रो दलको रुपमा रहेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा (एकीकृत समाजवादी)को ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ जना प्रदेशसभा सदस्य रहेका छन्। प्रदेश सांसदहरुको सपथ भएसँगै अब सभामुख चयनको प्रक्रिया अगाडि बढ्नेछ । प्रदेशसभाको अधिवेशन पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन सम्पन्न गरी सक्नुपर्ने कानूनी व्यवस्था रहेकोले अब सभामुख चयन प्रक्रिया अघि बढ्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए। सपथ ग्रहणका लागि सांसद्हरु परिवारसहित उपस्थित भएका थिए। उनीहरुलाई बधाई दिन राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत उपस्थित भएका थिए।  

प्रकाशित: १४ पुस २०७९ ११:१९ बिहीबार

बागमती प्रदेश