राजनीति

व्यवस्थापिका संसद बैठक सूचना टाँस गरेर पुन स्थगित

बैठक स्थगित भएपछि सुनसान संसद भवन। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–आफूहरु सहमति नजिक पुगेको भन्दै बुधबार विहानसम्म  संसद बैठक स्थगित गर्न आग्रह गरेका दलहरुबीच सहमति नहुँदा संसद बैठक पुन सरेको छ। मंगलबार तीन बजेका लागि बोलाइएको बैठक दलहरुले सहमतिको प्रयास गर्ने भनेपछि साँझ साढे पाँच बजेसम्मलाई स्थगित गरिएको थियो।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाउँदै आएको मागका विषयमा प्रमुख दलका शीर्षनेताबीच साँझसम्म छलफल चलेपछि साँढे पाँच बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर बुधबार विहान ११ बजसेसम्मका लागि स्थगित गरिएको थियो। तर बुधबार विहान ११ बजे व्यवस्थापिका संसद सचिवालयले विशेष कारणवस भन्दै व्यवस्थापिका संसदको बैठक दुईबजेसम्मका लागि स्थगित भएको सूचना टाँस गरेर स्थगित गरेको छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भूकम्प पीडितलाई एकमुष्ट दुई लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने माग गर्दै गत शुक्रबारदेखि निरन्तर व्यवस्थापिका संसद अवरुद्ध पार्दै आएको छ। कांग्रेसको मागका विषयमा मंगलबार प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको थियो। दलहरुबीच विश्व बैंक सहमत भए भूकम्प पीडितलाई दुई किस्तामा राहत अनुदान  दिने सहमति भएको थियो।

 

प्रकाशित: १५ असार २०७३ ०५:५२ बुधबार

व्यवस्थापिका संसद बैठक सूचना टाँस गरेर पुन स्थगित