राजनीति

काँग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता हुँदै, दर्ता शुल्क ५१ हजार

नेपाली काँग्रेसले संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ। आज बिहान ८ देखि १० बजेसम्म उम्मेदवारको लागि दरखास्त दिने समय तोकिएको हो।  

आज दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। उम्मेदवारी दर्ता शुल्क ५१ हजार तोकेको छ। संसदीय दलको नेता चयनको लागि बुधबार मतदान हुँदैछ। भोलि (बुधबार) बिहान ८ देखि १० बजेसम्म मतदान हुनेछ।

प्रकाशित: ५ पुस २०७९ ०३:५० मंगलबार

नेपाली काँग्रेस