राजनीति

पौडेललाई जापानको ‘राइजिङ सन’ हस्तान्तरण

नेपाली कांग्रेसका नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापानको राइजिङ सन सम्मान हस्तान्तरण गरिएको छ। सन् २०२० मा जापान सरकारले प्रदान गरेको उक्त सम्मान बिहीबार एक कार्यक्रमबीच नेपालका लागि जापानी राजदूत किकुताले नेता पौडेललाई हस्तान्तरण गरे। पौडेलले नेपाल जापानबीचको सम्बन्ध विस्तार दुई देशका संसद्बीच भ्रमण आदान  प्रदानलाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान दिएको भन्दै जापान सरकारले उनलाई उक्त सम्मानबाट सम्मानित गरेको थियो। कोरोना महामारीका कारण रोकिएको उक्त सम्मान हालै नेता पौडेललाई हस्तान्तरण गरिएको हो।  

पौडेलले दुई देशका संसद्बीचको सम्पर्क स्थापना गर्न योगदान पुर्‍याएको जापानले जनाएको छ। पौडेलले आफू सभामुख हुँदा सन् १९९९ मा ‘जापान नेपाल पार्लियामेन्टेरियन लिग’ स्थापना गरेका थिए। उनी स्थापनाकाल देखि २०१७ सम्म उक्त लिगको अध्यक्षसमेत रहेका थिए।

प्रकाशित: १ पुस २०७९ ०१:४४ शुक्रबार

रामचन्द्र पौडेल