राजनीति

सबैखाले घेराबन्दी पराजित गरेका छौं: नेम्वाङ्ग

नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले सबैखाले घेराबन्दीलाई पराजित गरेर आफ्नो दल विजयी भएको बताएका छन्। उनले देश, जनता र एमालेको अभियानविरुद्धका घेराबन्दी पार गरेर आफ्नो दल विजयी भएको बताए।

इलाम २ बाट प्रतिनिधिसभामा निर्वाचित भएपछि केहीबेर अघि पार्टीका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै नेम्वाङ्गले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेको अभियान निरन्तर रूपमा अघि बढाउने बताए।

‘अब जनतासँग हिजो गरिएका प्रतिबद्धतालाई केन्द्रमा राखेर देश र जनताको हितमा निरन्तर क्रियाशील हुनेछु,’ उनले भने, ‘सबैखाले अप्ठ्याराहरू पार गरेर विजयी भएका छौं, अब सबैको साझा प्रतिनिधिको रूपमा देश र आफ्नो निर्वाचन क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता गर्दछुु।’  

 

नेम्वाङ्ग यही क्षेत्रबाट २०५६ सालपछिका सबै निर्वाचनमा गरी पाँचौं पटक निरन्तर विजयी भएका हुन्।

प्रकाशित: १० मंसिर २०७९ १८:०८ शनिबार