राजनीति

पाल्पा क्षेत्र नं. १ मा एमालेका आचार्य विजयी

पाल्पा प्रतिनिधिसभा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेदवार नारायण प्रसाद आचार्य विजयी भएका छन्। उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गर्दै विजयी भएका हुन्। 

विजयी आचार्यले ३१ हजाार १०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरे। त्यस्तै स्वतन्त्र उम्मेदवार विपिन कडेलले २ हजार ८६३ मत, थम्मनबहादुर बुढा मगर मंगोल नेशनल अर्गनाइजेसनले १ हजार ९१६ मत, ज्ञानबहादुर सिंजाली राष्ट्रिय प्रजातन्त्र पार्टीले २४४ मत, उजिर सिं दर्लामी राष्ट्रिय जनमुक्ति पार्टीले १०९ मत, मेहरमान राना जनता समाजवादी पार्टीले ५० मत प्राप्त गरेका छन्।

पूर्वखोला गाउँपालिका–३ मा वि. सं.२०२६ सालमा जन्मिएका आचार्य २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा संगठित हुँदै २०७३ देखि ०७८ सम्म नेकपा (एमाले) पाल्पाको नवौं जिल्ला कमिटी अध्यक्ष भैसकेका व्यक्ति हुन्। उनी २०७४ को प्रदेश सभा निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं.१ (ख) बाट नेकपा (एमाले) बाटै निर्वाचित प्रदेश सभा सदस्य हुन्।

प्रकाशित: ९ मंसिर २०७९ १२:११ शुक्रबार