राजनीति

सुनसरी प्रदेशसभामा एमालेका भण्डारी विजयी

सुनसरी क्षेत्र नं. २ को प्रदेशसभा (क) मा नेकपा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन्। उनले इटहरीमा उपमहानगरपालिकाका पूर्व मेयर, माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित गरेका हुन्। भण्डारी नेकपा एमाले सुनसरीका अध्यक्ष समेत हुन्। भण्डारीले १४ हजार ५२८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४८ मत प्राप्त गरे। उनीहरूबीचको मतान्तर २ हजार ६८० रहेको छ।  

प्रदेशसभामा विजयी भण्डारी एमालेका नेता भण्डारी ०३८ सालदेखि विद्यार्थी कालदेखि नै राजनीति यात्रा थालेका थिए। उनी ०४३ सालमा पार्टीलाई प्रतिबन्धित भएर भूमिगत हुदाँ युथ लिगको सदस्य, ०५४ सालमा ल क्याम्पस निर्वाचित स्ववियू सचिब, ०५४ इटहरी नगरपालिकाको उपमेयर, जिल्ला कमिटी उपसचिब, सचिब र पछिल्लो समयसहित तेस्रोपटक अध्यक्षको भूमिकामा छन्। भण्डारी ०५६ सालको निर्वाचनमा काँग्रेसका तत्कालिन नेता बिजयकुमार गच्छदारसँग पराजित भएपनि दोस्रो संविधानसभा निर्वाचनमा काँग्रेसकै नेता बद्रीनारायण चौधरीलाई हराएर बिजयी भएका थिए। 

२०७४ सालमा पनि क्षेत्र नं. २ को प्रतिनिधीसभाको उम्मेदवारका लागि भण्डारी आकांक्षी थिए। तर, बाम गठबन्धनसँग तालमेल गर्दा माओवादीको केन्द्रमा परेपछि उनले टिकट पाएनन्। यसपटक दस बुँदे पक्षधर एमालेका भीम आचार्यले प्रतिनिधीसभा रोजेपछि भण्डारीले प्रदेशमा टिकट पाएका थिए।

प्रकाशित: ९ मंसिर २०७९ ०७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App