राजनीति

मोरङ ६ मा शेखर कोइराला र ४ मा अमनलाल मोदी विजयी

प्रतिनिधिसभाका लागि सत्तागठबन्धनका डाक्टर शेखर कोइराला र अमनलाल मोदी विजयी भएका छन्। प्रदेशसभा सदस्यमा भीम पराजुली विजयी भए।

मोरङ क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका डाक्टर शेखर कोइराला र क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। क्षेत्र नम्बर ४ ९१० बाट  प्रदेशसभा सदस्यमा काँग्रेसका भीम पराजुली विजयी भए।  

कोइरालाले १२ हजार २ सय ८६ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई पराजित गरेका हुन्। कोइरालाले ३५ हजार २ सय १८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी पण्डितले २२ हजार ९ सय ३२ मत प्राप्त गरे।  पहिलो संविधानसभाको उपनिर्वाचन र दोस्रो संविधानसभामा विजयी कोइराला २०७४ को प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

त्यस्तै, मोरङको क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका अमनलाल मोदी विजयी भए। मोदीले ३० हजार ६ सय १२ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४ सय ६३ मत प्राप्त गरे। ६ हजार १ सय ४९ मतान्तरले विजयी हुँदै मोदी तेस्रो पटक सांसद भएका हुन्।  

त्यसैगरी, क्षेत्र नम्बर ४ ९१०बाट प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली १ हजार ७ सय ८८ मतान्तर बढीले विजयी भए।  

पराजुलीले ११ हजार ४ सय ७९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी पूर्वमन्त्री नेकपा एमालेका जीवन घिमिरेले ९ हजार ६ सय ९१ मत ल्याएका छन्।

प्रकाशित: ९ मंसिर २०७९ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App