राजनीति

इलाम २ को प्रदेशसभा २ मा एमालेका रामबहादुर राना विजयनजिक

विजयनजिक पुगेका इलाम क्षेत्र २(२)का नेकपा (एमाले) उम्मेदवार रामबहादुर रानामगर। तस्बिरः भीम/नागरिक

इलाम क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा नेकपा (एमाले)का रामबहादुर रानामगर विजयनजिक पुगेका छन्। गणना गर्न बाँकी २ हजार ५ सय ६० मत बाँकी रहँदा मगर निकटतम् प्रतिद्वन्द्वीसँग २ हजार ४ सय ४२ मतको अन्तरमा अघि छन्।  

रानाले अहिलेसम्म १२ हजार ६ सय २० मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का हर्क लावती कान्छाको १० हजार १ सय ७८ मत छ। अब यो प्रदेशसभा क्षेत्रमा गणना गर्न बाँकी फाकफोकथुम गाउँपालिकाको वडा ६ मा १ हजार १ सय २६ र वडा ७ मा १ हजार ४ सय ३४ मतमात्रै बाँकी छ।  

एमाले केन्द्रीय सदस्य मगर यसअघि १ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए। उनी २०७४ सालको निर्वाचनमा इलाम क्षेत्र २ कै प्रदेशसभा १ बाट विजयी बनेका थिए।  

प्रकाशित: ८ मंसिर २०७९ १०:०५ बिहीबार

election2079