राजनीति

रवि लामिछाने भारी मतान्तरले विजयी

चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका छन्। अहिले सम्पन्न मत गणनामा ३४ हजार १६२ मतको भारी अन्तरले विजयी भएका हुन्।  

पछिल्लो परिणाममा लामिछानेले ४९ हजार २६२ हजारभन्दा बढी मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उमेश श्रेष्ठले १५हजार ९९ पाए। त्यस्तै एमालेका कृष्ण भक्त पोख्रेल १४ हजार ६४९ मत ल्याए  तेस्रो भए। पोख्रेल यहाँबाट दुई पटक सांसद भइसकेका व्यक्ति हुन्। निर्वाचन आयोगले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको छ। यहाँ ८४ हजार ३२७ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ ०५:४३ बिहीबार

Election 2079