निर्वाचन क्षेत्र नंम्बर २ मास्वतन्त्रउम्मेदवार लालबिर चौधरी विजयी भएका छन्। निर्वाचन क्षेत्र नंम्बर २ मा प्रतिनिधिसभा सदस्यका आठ जना उम्मेदवार रहेका थिए। चौधरीले सात जनालाई पछि पार्दै विजयी भएका हुन्। स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका चौधरी नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा हुन्।
चौधरी १ सय ३६मतान्तरले विजयी भएका छन्। चौधरीले २६ हजार ५ सय २० प्राप्त गरेका छन्। त्यसैगरी उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका सुरेश पन्थले २६ हजार ३ सय ८४ मत र नेकपा एमालेका पंकज सिंह राठौरले १६ हजार ९० मत पाएका छन्।
त्यसैगरी निर्वाचन क्षेत्र नंम्बर १ मामतगणना जारी छ। पछिल्लो मत परिणामले रुख अघि छ। गठबन्धन तर्फ नेपालीकाँग्रेसका संजय कुमार गौतम १७ हजार ४ सय ७६, नागरिक उन्मुक्ति पार्टीका ठाकुर सिंह थारु १५हजार ४ सय ७६ र नेकपाएमालेका लक्ष्मणराज ज्ञवालीले १५हजार १७मत पाएका छन्।
प्रकाशित: ७ मंसिर २०७९ १०:३३ बुधबार