राजनीति

जाजरकोट दुबै प्रदेशमा कांग्रेस विजयी

जाजरकोट प्रदेश सभा १ मा नेपाली कांग्रेसका कांग्रेसका वेदराज सिंह विजयी भएका छन्।  

कांग्रेसका जिल्ला सभापति समेत रहेका सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजीत गरेका हुन्।

कांग्रेसका सिंहले १८ हजार ५ सय ४३ मत पाउदा एमाले सिंहले ११ हजार ४ सय ७० मत ल्याएका छन्। जाजरकोटमा रहेका दुवै प्रदेश सभामा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। प्रदेश सभा (ख) मा राजिव शाह विजयी भएका छन्।  

प्रदेश सभा (ख) मा राजिव शाहले १६ हजार ४० मत प्राप्त गरी विजयी भएका हुन्। शाहले १६ हजार ४० मतका साथ प्रदेश सभामा विजयी हुँदा उनका प्रतिस्पर्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरे।

प्रकाशित: ७ मंसिर २०७९ ०८:०५ बुधबार

वेदराज सिंह election 2069