राजनीति

धनगढीको शारदा मावि मतदान केन्द्रमा विष्फोटन

धनगढी बजारमै रहेको धनगढी उपमहानगरपालिका वाड नं २ मा रहेको शारदा मावि मतदान केन्द्र बाहिर विष्फोटक पदार्थ विष्फोटन भएको छ। मतदान केन्द्रबाट बाहिर निस्कने ठाउँ नेर विष्फोटन भएपनी कुनै क्षती भने भएको छैन।

जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरिक्षक बेदप्रकाश जोशिले पटाका प्रकारको समान्य विष्फोटक पदार्थ पड्केको बताएका छन्। विष्फोटन भएपनी मतदान सुचारु रहेको छ। विष्फोटन पछि नेपाली सेनाको टोलि विष्फोटन स्थलमा पुगेको छ।  

यसैगरी कैलाली जिल्लाभरी ११ ठाउमा शकास्पद फेला परेको प्रहरीले जनाएको छ। गौरिगङ्गा नगरपालिका ८ मा दुई स्थानमा राखिएको बम नेपाली सेनाको विष्फोजल टोलिले निष्क्रिय गरेको छ।

प्रकाशित: ४ मंसिर २०७९ ०५:०३ आइतबार

बिष्फोटन