फोटो फिचर

मुस्ताङको मार्फामा सुख्खा पहिरो खस्दा वातावरण धुमिल (फोटोफिचर)

मुस्ताङमा खसेको सुख्खा पहिरोले उडेको धुलो। तस्बिर सौजन्यः सुशीलबाबु थकाली

हिमालपारीको जिल्ला मुस्ताङमा सुख्खा पहिरो गएको छ। गत वर्षमात्रै हिमपहिरो गएको मुस्ताङमा मंगलबार घरपझोङ गाँउपालिका– २ मार्फास्थित बागबानी फारम पछाडि सुख्खा पहिरो झरेको हो। पहिरोले वातावरण धुमिल बनाईदिएको छ ।  

ढिस्को झर्दा धुलो उडेर केही देखिएको थिएन। अहिले धुलो उड्ने क्रम कम भएको छ। मुस्ताङ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार ढिस्को खस्दा धुलो टाढासम्म उडेको थियो। उनका अनुसार हावाकै कारण धुलो उडेर बातावरण धुमिल बनाएको थियो। 

वर्षदिनकै नपुग्दै दुईपटक फरकफरक ठाँउमा गएको पहिरोले सर्वसाधारणलाई त्रसित बनाएको छ। मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।  

प्रकाशित: ३ जेष्ठ २०७९ ०९:०३ मंगलबार

मुस्ताङ सुख्खा पहिरो