काठमाडौं उपत्यकामा भाडाका बस छिटफुट सञ्चालनमा आएका छन् । सरकारले असार २६ देखि उपत्यका सहित जिल्लाभित्र छोटो दुरीका सार्वजनिक गाडी चल्न दिन निर्णय गरेको थियो । व्यवसायीले न्यूनतम आधारभूत आवश्यकता सरकारले पूरा गरेपछि मात्रै चलाउने बताउँदै आएका थिए ।
सरकारले सार्वजनिक गाडी गुड्न दिएको चार दिनपछि उपत्यकाको सडकमा केही मात्रामा भाडाका यात्रुबाहक बस गुडे।