लकडाउनमा किसानलाई धानको 'वियाड' राख्न चटारो (फोटो फिचर)
480 SHARES
राजापुर नगरपालिका–१० का राम लौटन चौधरीलाई धान बियाड राख्ने चटारो छ । जेठ दोस्रो हप्ता सम्म धान बियाड राख्न नसके हिउदे बालीमा हानी हुने सक्ने भन्दै परिवार ८ जना सदस्यनै बिहानै खेतमा पुगिसक्छन् । बन्दा बन्दी भएको अवस्थामा धौ धौ धानको बियाड पाएको उनले सुनाए ।
‘यहाँको मूख्य आय स्रोत नै धान खेती हो,’ उनले भने, ‘लकडाउँनको कारणले यहाँका अधिकांश किसानले लोकल धान बियाड राखेका छन्,हाईब्रड धान बजारमा समेत पाईदैन ।’
उनीहरू मात्र होइन, अधिकांश किसानलाई यति बेला धानको बियाड राख्ने चटारो छ । कोरोना संक्रमणको जोखिम र लकडाउनको प्रभाव नहुँदा गाउँमा यतिखेर किसान खेत खेतमा पुगेका हुन्। कर्णाली नदीले घेरिएको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका प्रशस्त धान खेती उब्जनी हुने भनि परिचित छ ।
ग्रामीण क्षेत्रका अधिकांश परिवार कृषिमा आश्रित हुने भएकाले धान खेती नै आयस्रोतको मुख्य माध्यम बनाएका छन् । ‘धान बियाड राख्न ढिला भयो, त्यै पनि सबै परिवारको सदस्य लागिपरेका छन्’उनले भने ‘धानको उब्जनी बढी हुनाले बर्षेनि आम्दानी बढिरहेको छ ।’
‘विद्यालय बन्द भएकाले बालबालिकादेखि वृद्धसम्म दैनिक खेतमा पुग्छन,’ अर्का किसान रामकृष्ण चौधरीले भने, ‘परिवारका सबै सदस्यले खेतमा बियाड राखिरहेका छन्।’
यहाँ मूख्य गरी मकवानपुर धान बढी उत्पादन हुन्छ । मकवानपुर धान चिउरा बन्ने हुनाले माग उच्च रहेका किसान बताउँछन्। राधा ४ र साबित्री जातको धान किसान रोजाईमा पर्छ । धान बढी उत्पादन हुने भएकाले यस जिल्ला अन्नको भण्डारको रुपमा परिचित छ ।
५० हजार हेक्टरमा २ लाख मेट्रिकटन धान बर्सेनि उब्जनी हुने गरेको रकर्डमा देखिन्छ । यहाँको धान आधा जिल्लामा खपत हुने गरेको छ भने बाँकी धान प्रशोधित भएर देशको बिभिन्न जिल्लामा जाने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख कमल तामाङले बताए ।