फोटो फिचर

दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु) (अपडेट)

दुर्घटनाग्रस्त यती एयरलाइन्सको जहाज। तस्बिरः उमेश पुन/नागरिक

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ। काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणको क्रममा पुरानो विमानस्थल नजिकै दुर्घटनामा परेको हो।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णुप्रसाद अधिकारीले दुर्घटनाको पुष्टि गरेका छन्। एटिआर–७२ उक्त जहाजमा ६८ जना यात्रु रहेको यति एयरलाइन्सले बताएको छ। ९एन एएनसी कल साइनको उक्त जहाज काठमाडौंबाट १० बजेर ३३ मिनेटमा उडेको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । उद्धारको प्रयास भईरहेको प्रहरीले बताएको छ।  

प्रकाशित: १ माघ २०७९ ०६:३४ आइतबार

यति एयरलाइन्स दुर्घटना