गुल्मी— धेरै आत्महत्या हुने जिल्लामध्ये पर्ने गुल्मीमा शुक्रबार अनौठो प्रकृतिकोे घटना भएको छ। पीपलधारा गाविसमा नाताले काका–भतिजी पर्ने दुई जना एउटै रूखमा मृत अवस्थामा भेटिएका छन्।
पीपलधारा–८ का अन्दाजी ४० वर्षका बेलबहादुर मुखिया खन्यूको रूखको फेँदमा मृत अवस्थामा फेला परेका छन्। नाताले भतिजी पर्ने १६ बर्षिय सीता मुखिया सोही रूखमा झुण्डिएको अवस्थामा मृत भेटिएकी छन्।
घटनास्थल पुगेका प्रहरी निरिक्षक रामप्रसाद पौड्यालले उनीहरू एउटै रूखमा मृत अवस्थामा फेला परेको र स्थानीयका अनुसार उनीहरू नातामा काका–भतिजी पर्ने पुष्टि गरे।
'के कति कारणले उनीहरू मृत भेटिए, अहिले भन्न सक्ने अवस्था छैन्,' पौड्यालले भने, 'यो बिषयमा स्थानीयहरू समेत बोलेका छैनन्', उनले भने।
रुखमा दुई मृतक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रकाशित: ८ श्रावण २०७२ ०५:३७ शुक्रबार