अन्य

शिक्षा मन्त्रालयले भन्यो : नयाँ भर्ना नलिनु, अनलाइन कक्षाका नाममा शूल्क नउठाउनु

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैशाख २६ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने निर्णय विद्यार्थी तथा अभिभावकहरुको दवाव पछि  फिर्ता लिएको छ। शिक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै कोभिड १९ संक्रमण रोकथामका लागि लकडाउनको अवस्था रहेको र हाल स्थिती समान्य नभएकोले सबै विद्यालयलाई नयाँ भर्ना नलिन निर्देशन दिएको छ।

मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हालको अवस्थामा कुनै पनि विद्यालयको कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउनु हुनकासाथै भर्नाको नाममा कुनै पनि शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिने वा बैंक खातामा रकम जम्मा गर्न लगाउने जस्ता कार्य नगर्न सुचित गरेको छ। यसैगरी कक्षा १० , ११ र १२ को स्थगित परीक्षाको सवालमा हालसम्म मन्त्रालयले कुनै पनि थप नयाँ निर्णय नगरेको विज्ञप्तीमा स्पष्ट पारेको छ। तीन बुँदे निर्णय सहितको विपज्ञप्तीमा निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क आवास वाहेकको सबै शुल्क छुट गर्नु पर्ने निर्देशन दिएको छ। लकडाउनका कारण विद्यालयहरुको पठनपाठन चैत्र ६ गतेदेखिनै बन्द छ। विशेष गरी निजी विद्यालयहरुले नयाँ भर्ना लिनकोलागि दबाबा दिँदै आएका छन्। कतिपय विद्यालयहरुले भर्ना समेत लिइरहेका थिए। यसमा स्थनीयतहलाई समेत निर्णय कार्यन्वयन गराउन र आवश्यक जानकारी केन्द्रलाई दिन सुचित गरेको छ। 

प्रकाशित: २२ वैशाख २०७७ १६:१९ सोमबार

शिक्षा अनलाइन_शिक्षा विद्यार्थी