अन्य

त्यो थाइल्याण्ड यात्रा

अभिनव केसी, कक्षा: ५,
बृहस्पति बिधा सदन,नक्साल, काठमाडौँ।

विद्यार्थीलाई आफ्नो विद्यालय जीवनबाट केही समय आमाबुवासँग नयाँनयाँ ठाउँमा घुम्दा छुट्टै रमाइलो हुन्छ । नयाँ ठाउँ, नयाँ वस्तुलाई देख्न पाइन्छ । यतिवेला पोहोरको घुमफिर गर्दाको रमाइलो सम्झना भइरहेको छ । गत वर्ष बुवाले आमा, दिदी र मलाई समुद्र पनि हेर्न पाइने भनेर थाइल्याण्ड लिएर जानुभयो । 

काठमाडौँबाट नेपाल एयरलाइन्सको ठूलो जहाजबाट पहिलो पटक उड्दा सारै रमाइलो भयो । थाइल्याण्ड एयरपोर्टवाट पुन अर्को जहाजमा चढेर फुकेट पुगियो । फुकेट एयरपोर्टबाट एउटा गाडीमा होटलमा गयौं । त्यस पछि अर्को दिन दिन  फिफी आइल्याण्डमा पानीजहाज चढेर समुद्र अवलोकन गर्दै पुगियो । त्यो दिन  समुद्रको छेउमै बसेर खाना खायौं दिदी र म मिलेर सारै रमाइलो गर्यौं । बेलुका मात्र होटलमा फर्कियौं । 

थाइल्याण्ड यात्रामा समुन्द्र देख्यौं । धेरै कुरा हेर्न, सिक्न र बुझ्न पायौं ।

अर्को दिन फुकेट बजारमा घुम्यौं । फेरि अर्को दिन बैंककको सुवर्णभूमि एयरपोर्टमा पुग्यौं । अनि बैंककको होटलमा गएर आराम ग¥यौं । बिहान सबेरै उठेर वल्र्ड सफारी पार्क घुम्यौं । त्यहाँ विभिन्न किसिमका जनावर, थरिथरीका चरा र माछा हेर्ने मौका मिल्यो । दिनभरको रमाइलो सकेर बेलुका होटलमा फर्कियौं । अर्को दिन बैंककको राज दरवार, वौद्ध मन्दिर र विभिन्न किसिमका ठूल्ठूला सपिङ महलमा घुमयैं । 

हामीले आफ्नो र परिवारका लागि कपडा किन्यौं । बुवा र आमाले हाम्रा लागि र साथीहरूका लागि केही उपहार किनिदिनु भयो । भोलिपल्ट नेपाल फर्कने हुनाले होटलमा पुगेर राती नै सामान प्याक ग-यौं । 

अनि बिहानै उठेर नास्ता खाएर एयरपोर्ट गएर जहाजबाट काठमाडौं फर्कियौं । आमा, बुवा र दिदीसंगै भएकाले यात्रा असाध्यै रमाइलो भएको थियो । 

यसपाला लकडाउनले गर्दा हामी सबै घरभित्रै बस्न बाध्य छौं । घुमफिर त भोलिपर्सि गरौंला नि, अहिलेलाई घरमै सुरक्षित भएर बसौं है !

प्रकाशित: १४ वैशाख २०७७ ०८:४५ आइतबार

लकडाउन बालबालिका