अन्य

विपद् कोषमा योगदान

‘गाउँपालिकाभित्रका तीन सय ८६ शिक्षकको एक दिनको तलब गाउँपालिकाको कोरोना प्रतिकार्यका लागि तयार गरिएको विपद् व्यवस्थापन कोषमा दिने निर्णय भएको छ,’ अध्यक्ष गुरुङले भने। बिहान–बेलुकी छाक टार्न समस्या भएकालाई खान र क्वारेन्टाइनमा बस्न समेत गाउँपालिकाले निःशुल्क व्यवस्था गरेको छ।

गाउँमा सचेतना जगाउन प्रहरीलाई हाते माइक, इन्धन र टेलिफोन खर्च, स्वास्थ्यकर्मी, कर्मचारीलाई प्रोत्साहन भत्ता, चैतको पहिलो साता नै जनप्रतिनिधिलाई कोरोनाको सम्भावित खतरा र असरबारे अभिमुखीकरणको काम गाउँपालिकाले गरेको थियो। स्वास्थ्य सामग्रीको व्यवस्थापन, विदेशबाट एक महिनायता फर्केकाहरूको स्वास्थ्य परीक्षण, जनप्रतिनिधिमार्फत उनीहरूलाई होम क्वारेन्टाइनमा राख्ने काम भएको अध्यक्ष गुरुङ बताउँछन्। 

प्रकाशित: ११ वैशाख २०७७ ०८:३४ बिहीबार

गाउँपालिका विपद्_व्यवस्थापन कोरोना