अन्य

आजबाट देशभर साताव्यापी लकडाउन

सवारी साधनलाई फर्काउँदै प्रहरी। तस्बिर : विजय राई

काठमाडौं - सरकारले आज (मंगलबार) बिहान ६ बजेदेखि देशलाई पूर्ण रूपमा ‘लकडाउन’ गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले जोखिम बढ््दै गएको निष्कर्षसहित न्य्ूनीकरणका लागि एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

‘नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकाले नेपाल सरकारले संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी सोको रोकथाम र निमर््ूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजेदेखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लाग्ू हुनेगरी आदेश जारी गरिएको छ,’ बैठकपछि समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सरकारले थप सजगता अपनाउँदै लकडाउन गर्ने निर्णय गरेको हो ।

आत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आह्वान गर्दै सरकारले सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा अनुमति लिएका व्यक्तिले बाहेक सवारीसाधन चलाउन पनि पाउनेछैनन्् । सुरक्षा निकायद्वारा तोकिएका वायुयानबाहेक अन्य आन्तरिक उडानमा पनि रोक लगाउँदै सरकारले अत्यावश्यक सेवा प्रवाह गर्नेबाहेकका सबै सरकारी तथा सार्वजनिक कार्यालय पनि बन्द गर्ने निर्णय लिएको छ । तर कार्यालय प्रमुख र उच्च पदस्थ कर्मचारीको हकमा भने बिदा हुनेछैन ।सरकारले औषधि, खाद्य सामग्री, द्ूध, पानी, इन्धनलगायत अत्यावश्यक सामग्रीका पसल खुला गर्ने निर्णय गरेको छ । ‘स्वास्थ्य, सुरक्षा, खाद्यावस्तु, खानेपानी, द्ूध, विद्युत््, द्ूरसञ्चार, स्ूचना तथा सञ्चार, भन्सार क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अत्यावश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्यलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने व्यवस्था गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने,’ निर्णयमा भनिएको छ ।

मंगलबारदेखि सर्वसाधारणलाई घरभित्रै रहनुपर्नेगरी प्रहरीले घरबाहिर ननिस्कन र अत्यावश्यक कामबाहेक घरमै बस्न टोलटोलमा माइकिङसमेत गर्ने भएको छ । तर औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, द्ूध, इन्धन उत्पादन गर्ने उद्योगहरूबाहेक निजी क्षेत्रमा सञ्चालित अन्य उद्योग कलकारखानामा काम गर्ने श्रमिक कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउन भनिएको छ । स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका साधनसहित आवश्यक मेडिकल सामग्री हवाईजहाज चार्टर गरेर ढिलोमा शनिबारसम्म खरिद गरेर ल्याउने भएको छ । अन्तर्राष्ट्रिय बजारमै सामान तथा उपकरणको अभाव भएकाले केही ढिला भए पनि अब सबै आवश्यक सामानहरूको व्यवस्था गरिने उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेलले जानकारी दिए ।

‘हामी कसैलाई पनि भोकै मर्न दिँदैनौं सबैलाई सेवा उपलब्ध गराउनेछौं,’ उनले भने ।सबै स्थानीय सरकारलाई सीमा बन्द भएका बेला नाकामा आउने नेपाली नागरिकको पहिचान गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएका छे । ‘सीमा नाका बन्द गरिएका बेला पनि टाढाबाट सीमामा आउने आफ्ना नागरिकलाई नागरिकताजस्ता पहिचान खुल्ने प्रमाणका आधारमा स्वास्थ्य जाँच गरी क्वारेन्टाइनमा राख्न निर्देशन दिइएको छ,’ उनले भने । व्यवसायीहरूले औषधि र औषधिजन्य सामग्रीहरूको नियमित आप्ूर्तिको व्यवस्था मिलाइएको जनाउँदै सरकारले आभाव देखाई म्ूल्यवृद्धि गर्ने वा कालोबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आप्ूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने उल्लेख गरेको छ ।

त्यसरी सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग जनाउँदै भनिएको छ, ‘संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गरिनेछ ।’संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलाना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई सोही ऐनअनुसार सजाय गरिने उल्लेख गरेको छ । त्यस्तै समितिको बैठकले पर्यटनमन्त्रीको संयोजकत्वमा गठित कार्यदलले प्रस्तुत गरेको क्वारेन्टाइन व्यवस्थापन मापदण्ड–२०७६ स्वीकृत गरेको छ ।

स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सोमबारैदेखि सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट कोभिड–१९ को नियन्त्रण र उपचारसम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकको समन्वयनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यकताअनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मीहरू परिचालन गरी सुरु गरेको जनाएको छ । त्यसका लागि रक्षा, गृह, परराष्ट्र र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित: ११ चैत्र २०७६ ०१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App