अन्य

सम्झनामा खोपासी भ्रमण

संरचना रिजाल
कक्षा–८,विजेश्वरी ज्ञानमन्दिर सैनिक महाविद्यालय, स्वयम्भू,काठमाडौं।

विभिन्न विद्यालयमा विद्यार्थीलाई किताबी शिक्षा मात्र नदिएर उनीहरूलाई विभिन्न ठाउँको अवलोकन गर्ने अवसर प्रदान गरी शिक्षा प्रदान गर्न शैक्षिक भ्रमणको व्यवस्था मिलाइन्छ। त्यसैगरी हाम्रो विद्यालय ‘विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय’ले पनि समयको व्यवस्था मिलाई कक्षाको तहअनुसार विद्यार्थीलाई विभिन्न ठाउँ घुमाउन लगिरहन्छ।

त्यसै क्रममा केही कक्षाहरूको भ्रमणपछि कक्षा आठको भ्रमण जेठ १३ गते तोकिएको थियो।  हामी कक्षा आठका विद्यार्थीलाई काभ्रे जिल्लाको खोपासी लैजाने निधो गरिएको थियो तर भाग्यको भुमरीले त्यो दिन बन्द पारिदियो। हामी विद्यार्थीको धैर्यलाई समयले पनि जाँच्दै हाम्रो भ्रमणको मिति २० गते हुन पुग्यो। लामो पर्खाइपछि त्यो हँसिलो दिनले हामीलाई स्वागत ग¥यो। हामी बिहान ९ः३० बजे कक्षा सेक्सनअनुसार दुई वटा बसमा लामो यात्रामा हिँड्यौँ। हामी पाँच जना शिक्षकहरूको निगरानीमा गाडीमा गीत गाउँदै रमाइलो गर्दैै गएका थियौँ। साथमा भ्रमणस्थलका मालिक रवीन्द्रनाथ जोशी पनि हुनुहुन्थ्यो। हामी सबै विद्यार्थीका विचारमा काभ्रेको दृश्य फरकफरक थियो।

हाम्रा जिज्ञासु आँखा काभ्रे हेर्न र गोडाहरू काभ्रेको माटोसँग मित्रता गाँस्न आतुर थिए। त्यसै त लामो यात्रा, अझ त्यसमा पनि जाममा परेकाले सुस्त गतिमा काभ्रेतर्फ जाँदै थियौँ। खाल्डाखुल्डी र हिलो माटोले काभे्रको बाटो अफ्ठेरो बनाएको रहेछ। गाडीले हामीलाई उफार्दै र थचार्दै थियो तर हामी रिसाउनुको सट्टा दसैंको पिङझैँ मान्दै खुसीको माला उन्दै थियौँ। त्यहाँ कृषकहरू रोपाइँमा व्यस्त थिए। त्यहाँ हरियालीको खानी नै थियो। कृषकहरूले बिरुवा जोगाउन प्लास्टिकका छाना लगाएका देखिन्थे। जसमा बिरुवाहरू पोषिलो भई प्राकृतिक मल चाख्दै–नाच्दै गरेझैँ देखिन्थे। हामीले बसबाटै धेरै कुरा देख्यौँ। हामी खोपासी पुग्दा एक बजिसकेको थियो। हामीले त्यहाँ टन्न खाजा खायौँ। हामीलाई त्यहाँको मालिक रवीन्द्रनाथ जोशीले त्यहाँको बारेमा निकै कुरा सुनाउनुभयो। उहाँको अनुसार त्यहाँ तीतेपाती जस्ता बिरुवाहरूको प्राकृतिक मल बनाएर जैविक खेती गरिन्छ।

उहाँले त्यहाँ माछापालन, मौरीपालन र बाख्रापालन पनि गर्नुभएको रहेछ। उहाँले त्यहाँका गाईवस्तुका दिसापिसाबले प्राकृतिक मल बनाउन निकै सहयोग पु¥याउने कुरा पनि बताउनु भयो। उहाँलाई खेतीपातीको राम्रो ज्ञान रहेछ। उहाँको बिचारमा रसायन मलको प्रयोग बिरुवाको लागि विष जस्तै हो। त्यसैले हामीले प्राकृतिक मल नै प्रायोग गर्नुपर्छ। प्राकृतिक मलको प्रयोगले तरकारी तथा फलफूलहरू धेरै उत्पादन हुन्छन्।  प्राकृतिक मल बनाउन सजिलो तथा कम खर्चिलो पनि हुन्छ। त्यहाँ आरु, सुन्तला लगायत अन्य विभिन्न फलफूलका बोटहरू थिए। उहाँले खेतमा काम गर्न धेरै कृषकहरू खटाउनुभएको रहेछ। ती किसानहरू हरेक महिना विभिन्न ठाउँमा खेती गर्ने रहेछन्।

उहाँले खोपासीको जमिनको सदुपयोग गरेर राम्रो व्यवसाय चलाउनुभएको रहेछ। कुरैकुरामा दुई बजिसकेको थियो। हामी गर्मीले पसिनाको धारमा नुहाउँदै हतारहतार बसमा छि¥यौँ। हाम्रा थकित शरीर अझै गीतको भाकामा झुल्दै थिए।

फर्किदा बाटो खाली भएकाले चिसो हावाको बस्ती डुल्दै विद्यालय आइपुग्यौँ। हामीले धेरै कुरा त नियाल्यौँ तर समय अझै भएको भए झनै धेरै कुरा हेथ्र्यौ र धेरै कुरा सिक्थ्यौँ। हामीले समयको महŒवको ठूलो ज्ञान प्राप्त ग¥यौँ। जति जे भने पनि भ्रमणले हामीमा खुसी र ज्ञानको वर्षा गरायो। काभ्रेको मनमोहक दृश्यहरूमा रमाउँदै जमिनको स्थिति तथा आर्थिक व्यवसायको ज्ञान प्राप्त गर्नु पनि हाम्रो यात्राको  महŒवपूर्ण उपलब्धि रह्यो।

प्रकाशित: ४ श्रावण २०७६ ०५:०५ शनिबार

विभिन्न_विद्यालय सम्झना खोपासी