अन्य

नून खाँदा ११ जना बिरामी, सिसा मिसाइएकाे आशंका

खाजा खाएका ११ जनामध्ये ८ जनामा पेट तथा घाँटी दुख्ने, दिसामा रगत देखिन थालेको छ।

पाँचथर– मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा एकैपल्ट आठ जना बिरामी परेका छन्।  सिसा मिसिएको नून लगाइएको  खाजा खाँदा आठ जना बिरामी परेको प्रारम्भिक अनुमान गरिएको छ।

नूनमा कसैले सिसा मिसाइदिएको हुन सक्ने आशंका गरिएको छ। ढाका बुनाई तालिममा सहभागीले स्थानीय धनराज शेर्माको होटलमा थुक्पा खाजा खाएका थिए। बिरामी भएपछि खोजी गर्दा नूनमा सिसा मिसिएको भेटिएको आयोजक मिलन केन्द्र नेपालका अध्यक्ष बहादुर सिं नेम्बाङले बताए। खाजा खाएका ११ जनामध्ये ८ जना बिरामी परेका हुन्। पेट तथा घाँटी दुख्ने, दिसामा रगत देखिन थालेपछि उनीहरूलाई उपचारका लागि पाँचथर सदरमकुाम फिदिम ल्याइएको छ। आठ जनामध्ये दुई जनाको अवस्था गम्भीर भएको जानकारी दिइएको छ।

२२ वर्षीया लक्ष्मी फियाक र मनीषा नेपालीको अवस्था गम्भीर रहेको छ। उनीहरूको समर्पित अस्पतालमा उपचार भइरहेको छ। यस्तै मेनुका दाश, सोना आङदेम्बे, मुमारी फियाक, विष्णु विक र होटल सञ्चालककै छोरीहरू युहाना शेर्मा र  मुना शेर्माको पाँचथर अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था खतरामुक्त भएको प्रहरीले जानकारी दिइएको छ।

यता, इक्सपेक्टर अनिल पौडेलले नून बरामत गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए। यसअघि प्रयोग गर्दै आएको नूनमा कसरी सिसा पर्यो भन्ने खुल्न नसकेको बताइएको छ।

प्रकाशित: २ जेष्ठ २०७६ ०५:१८ बिहीबार

मिक्लाजुङ_गाउँपालिका नून सिसा