अन्य

गोकर्णेश्वरको ट्रिटमेन्ट प्लान्ट अलपत्र

गोकर्ण रिडबेट ट्रिटमेन्ट प्लान्ट ट्यांकी झारजंगलमा परिणत हुँदै। तस्बिरः श्याम राई

काठमाडौंको गोकर्णेश्वरमा ६ वर्षअघि सञ्चालन गरिएको फोहोर प्रसोधन ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको छ । सञ्चालन हुन नसकेको ट्रिटमेन्ट प्लान्ट अलपत्र परेको हो।

नेपाल सरकार अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको पहलमा ट्रिटमेन्ट प्लान्ट बनाएको थियो । विकास समितिका सिनियर डिभिजनल इन्जिनिएर प्रभात श्रेष्ठका अनुसार २०६९ सालमा गोकर्णेश्वर र माइती नेपाल वरपरका फोहोर प्रशोधनका लागि ट्रिटमेन्ट प्लान्ट खोलिएको थियो । तर, फोहोर प्रसोधनका लागि बनाइएको ट्यांकीमा क्षमताभन्दा बढी ढल आएपछि सञ्चालन रोकियो।

बस्ती बढ्दै गएपछि ट्रिटमेन्ट प्लान्टको क्षमताले नधानेको उनले बताए।

स्थानीयका कारण पनि ट्रिटमेन्ट प्लान्ट सञ्चालन हुन नसकेको उनको भनाइ छ । ‘स्थानीले ट्यांकीको संरक्षण र सञ्चालनमा ध्यान दिएनन्,’ उनले भने, ‘त्यसपछि पनि समस्या देखियो।’

उनका अनुसार ट्रिटमेन्ट प्लान्ट नयाँ ढंगबाट सञ्चालन गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले जिम्मा लिएको छ । नयाँ फोहोर प्रशोधन केन्द्र बनाउनको जग्गा खरिद गरिएको छ।

प्राकृतिक रूपले बनाएको ट्रिटमेन्ट प्लान्ट सञ्चालन हुन नसकेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन् । बाग्मती दूषित बन्दै गएका ढल प्रसोधन गर्नुपर्ने स्थानीयको माग छ।

एकीकृत विकास समितिका कर्मचारी अंशु गौतम संरक्षण नहुँदा ट्रिटमेन्ट प्लान्ट बन्द भएको बताउँछिन्। 

गोकर्ण विकेन्द्रकृत फोहोर पानी प्रशोधन नामबाट सञ्चालनमा ल्याइने काठमाडौं उपत्यका फोहोरपानी आयोजनाका परियोजना प्रबन्धक शुरद कुमार बमले बताए । उनका अनुसार ढल प्रशोधनका लागि सर्वेक्षण भईसकेको छ । उक्त प्रशोधनको लागि दैनिक २०–२५ लाख लिटर फोहोर पानी प्रशोधन गर्न सक्ने क्षमताकोे ढल प्रशोधन केन्द्र बनाइने छ।

‘पहिलेको भन्दा संकुचित तरिकाले छुट्टै ढल प्रसोधन केन्द्र बन्छ,’ उनले भने । प्रशोधनपछि पानी शुद्ध भएर निस्किने हुँदा स्थानीबस्तीमा असर नपुग्ने बताए।

‘नगरपालिकाले ढल व्यवस्थापनका लागि प्रत्येक घरमा सेफ्टी ट्याङकी बनाउने छ,’ गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ती नेपालले भनिन्।

प्रकाशित: १८ भाद्र २०७५ ०६:५५ सोमबार

गोकर्णेश्वर फोहोर_प्रसोधन_ट्रिटमेन्ट_प्लान्ट